काठमाडौं, १२ कात्तिक : सिरहाको माडरमा प्रहरीले हवाई फायर गरी ३०० ग्राम खैरो हेरोइनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट खैरो हेरोइनसँगै एउटा मोटरसाइकलसमेत बरामद गरिएको छ ।
बिहीबार बिहान गस्तीमा रहेको प्रहरी टोलीलाई देखेपछि भाग्न खोजेका उनीहरूलाई एक राउन्ड हवाई फायर गरेर नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




