आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

काठमाडौं, १६ कात्तिक : मौसममा सुधार आएसँगै धानबाली भित्र्याउन मौसमविद्ले किसानलाई सुझाव दिएका छन् । बंगालको खाडीमा विकसित अर्को प्रणालीको प्रभाव नेपालमा नपर्ने भएकाले किसानले ढुक्क भएर धान काट्ने, सुकाउने र सुरक्षित रूपमा भण्डारण गर्न सक्ने मौसमविद् उज्ववल उपाध्याय बताउनुहुन्छ ।

यसअघि बंगालको खाडीमा विकसित अर्नब चक्रवातको प्रभावले नेपालमा समेत पानी परेपछि धान भित्र्याउने तयारीमा रहेका किसान समस्यामा थिए । अर्नब चक्रवातको प्रभाव बाहिरिएसँगै हिजोदेखि नै देशका विभिन्न ठाउमा घाम लाग्न शुरु भएको छ । अबको केही दिनसम्म नेपालमा ठूलो वर्षा हुने सम्भावना कम रहेको छ ।

यसले विशेषगरी धान पाकेर काट्ने तयारीमा रहेका किसानलाई राहत पुग्ने देखिएको छ । लामो समयसम्म वर्षा नभएमा खेतमा रहेको धान काट्न, खलामा सुकाउन र भण्डारण गर्न सहज हुनेछ ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन