काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

काठमाडौं, १६ कात्तिक : काँग्रेसको संसदीय दलको बैठक सिंहदरबारमा शुरु भएको छ । संसद बैठकमा पार्टीको भूमिका तथा सरकारका पछिल्ला गतिविधिबारे साझा धारणा तय गर्ने लगायत विषयमा छलफल गर्न कांग्रेस बैठक बसेको हो । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सरकारको कार्यशैली र संसदमा प्रतिपक्षी दलका रूपमा निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा सांसदहरूबीच छलफल भइरहेको छ ।

विशेषगरी सञ्चारमाध्यम तथा पत्रकारमाथि भइरहेको भनिएको धरपकड, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र नागरिक अधिकारको विषय बैठकमा उठेको छ । बैठकमा सहभागी नेताहरूका अनुसार सत्तारूढ गठबन्धन र विशेषगरी गृह प्रशासनको पछिल्लो कार्यशैलीप्रति काँग्रेसले चासो व्यक्त गरेको छ । पत्रकारिता क्षेत्रलाई त्रसित बनाउने गतिविधि तथा लोकतान्त्रिक मूल्य–मान्यताविपरीतका कार्यलाई संसदमा सशक्त रूपमा उठाउने काँग्रेसको तयारी छ ।

त्यसैगरी, संसदका आगामी बैठकमा महँगी, सुशासन, जनसरोकारका मुद्दा र कानुन निर्माण प्रक्रियाका विषयमा पनि छलफल भइरहेको छ । प्रमुख प्रतिपक्षी दलका रूपमा सरकारलाई संसदप्रति उत्तरदायी बनाउने, सरकारका कामकारबाहीमाथि प्रभावकारी निगरानी गर्ने र जनहितका मुद्दामा सशक्त आवाज उठाउने रणनीति तय गर्न बैठक केन्द्रित छ ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन