बायर्न म्युनिखद्धारा जर्मन कप फुटबलको उपाधि हासिल

काठमाडौं, २१ असार :
यस वर्षको जर्मन कप फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । गएराति भएको फाइनल खेलमा बायर लिभरकुजेनलाई ४–२ गोल अन्तरले पराजित गर्दै बायर्नले उपाधि जितेको हो ।

लिभरकुजेनको मैदानमा बायर्नलाई च्याम्पियन बनाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । यस्तै डेभिड अल्बा र सर्जी नाब्रीले एक एक गोल गरे । लिभरकुजेनलाई काइ हाभर्ट्ज र सेभेन बेन्डरले एक एक गोल फर्काए ।

यससँगै बायर्नले २० औं पटक जर्मन कप फुटबलको उपाधि जितेको छ । बायर्नले लगातार दोस्रो सिजन जर्मन कपको उपाधि जितेको हो । जर्मन कपको उपाधि २० पटक जित्ने बायर्न एक्लो टिम हो ।

बायर्नको यो सिजनको दोस्रो उपाधि समेत हो । यसअघि उसले बुन्डेसलिगाको उपाधि जितिसकेको छ । यो जितपछि बार्यनले लगातार २६ खेलसम्म अपराजित रहने कीर्तिमान पनि बनाएको छ । एजेन्सी

 

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’