ईङलीश प्रेमियर फुटबलमा आजबाट ३४ औ चरणका खेल सुरु हुने

काठमाडौं, २३ असार :
ईङलीश प्रेमियर फुटबलमा आजबाट ३४ औ चरणका खेल सुरु हुनेछन् । आज चेल्सी र क्रिष्टल प्यालेस, वाटफोर्ट र नर्विच तथा आर्सनल र लेष्टर सिटी आमने सामने हुनेछन् ।

यसअघि गएरातिको खेलमा टटनहाम विजयी भएको छ । ३३ औं चरणको अन्तिम खेलमा एभर्टनलाई १–० ले हराउदै टटनहाम तालिकाको आठौं स्थानमा उक्लिएको हो । उसको जितमा खेलको २४ औ मिनेटमा एभर्टनले दिएको उपहार गोल नै निर्णायक बन्यो ।

मिचेल किएनले आफ्नै पोष्टमा गोल गरेपछि खेलको पहिलो हाफमै टटनहामले अग्रता बनाएको थियो । निर्धारित समयमा थप गोल हुन नसकेपछि सोही नतिजा निर्णायक बन्यो । ३३ खेलबाट ४८ अंक जोडेको टटनहाम तालिकाको आठौं स्थानमा उक्लिएको छ ।

च्याम्पियन्स लिगको दौडमा रहेको टटनहाम पाँचौ स्थानको म्यानचेष्टर युनाईटेड भन्दा ७ अंकले पछि छ ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’