मेघौली, २९ असार ।
भरतपुर महानगरपालिका वडा नम्बर २७ मा अवस्थित मेघौली हेल्थ पोस्ट अब अस्पतालका रुपमा स्तरोन्नती हुने भएको छ । बागमती प्रदेश सरकारद्वारा अघिल्लो बर्ष बिनियोजित ९८ लाख र यस बर्ष बिनियोजित ६० लाख गरि कुल १ करोड ५८ लाख आर्थिक सहयोगमा हेल्थ पोस्टलाइ अस्पताल बनाइन लागेको हो ।
यसैक्रममा आज एक कार्यक्रमका बिच सो क्षेत्रका प्रदेश संसद कृष्ण प्रसाद भुर्तेलले अस्पताल बनाउन आवश्यक नयाँ भवनको शिलान्यास गर्नुभयो । कार्यक्रममा बोल्दै संसद भुर्तेलले आफ्नो विशेष पहलमा गाउको स्वास्थ्य चौकीलाइ अस्पताल बनाउने अभियान अब पूरा हुने दिशातर्फ अघि बढेको भन्दै खुसी ब्यक्त गर्नु भयो ।

शुरुमा १५ र त्यसपछी २५ शैयामा संचालन गरिने अस्पतालको सेवाबाट यस क्षेत्रका साबिक मेघौली, दिब्यनगर, शुक्रनगर र जगतपुर गाबिसका स्थानियहरु लाभान्वित हुनेछन ।
कार्यक्रमा २७ नम्बर वडाका वडाध्यक्ष गोविन्द तामाङ, स्थानियहरु ढुण्डराज गुरुङ, चन्द्रदत्त सुबेदी, राजु भुसाल लगाएतको सहभागिता रहेको थियो ।





