सुमन पाैडेल
रत्ननगर, १८ साउन ।
उत्पीडित कृषि सहकारी संस्था लिमिटेडले अाफ्नाे नँया सम्पर्क कार्यालयकाे स्थापना गरेकाे छ । शनिबार रत्ननगर नगरपालिका ११ मंगलपुरमा कार्यालयकाे स्थापना गरिएकाे संस्थाका अध्यक्ष धन बहादुर सुनारले जानकारी दिनुभयाे । ” सदस्यहरुलाई सेवा लिन सहज हाेस् भनी सम्पर्क कार्यालय खाेलेका छाैं,” उहाँले भन्नुभयाे,” अब मंगलपुरका स्थानीय साथिहरुलाई सहज हुनेछ ।” सहकारीले कृषि क्षेत्रमा काम गर्दै सदस्यहरु उद्धमी बनाउन सहयोग गरेकाे अध्यक्ष सुनारको भनाई छ ।
कार्यक्रम बाेल्दै प्रमुख अतिथि रत्ननगर नगरपलिकाका मेयर नारायण वनले सहकारीले अायमूलक र सेवामूलक कार्य गरकाे भन्दै संस्थाकाे प्रगतिकाे शुभकामना दिनुभयाे । साथै उहाँले नगरपालिकाबाट संस्थाका गतिविधिमा सहयोगी भुमिका निर्वाह गर्ने समेत बताउनुभयाे ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रवक्ता राजेन्द्र हमाल, रत्ननगर नगरपालिका वडा नं ११ का जनप्रतिनिधि कुल बहादुर गुरुङ, मुक्ति समाजमा केन्द्रिय कमिटी सदस्य चक्र रुचाल, दलित मुक्तिमाेर्चाका केन्द्रीय कार्यलय सदस्य खेम बहादुर दर्जी लगायतको उपस्थित रहेकाे संस्थाका सदस्य विजय सुनारले जानकारी दिनुभयाे ।
कार्यक्रम संस्थाका अध्यक्ष धन बहादुर सुनारकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।
संस्थाले स्थापनाकाल देखि विभिन्न अायमूलक र सेवामूलक कार्य गर्दै अाएकाे छ ।





