खप्तड गोल्डकपमा आज गोर्खा व्वाईज र सुनौलो संगम भिड्ने 

काठमाडौं, १२ फागुन :

सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगीतामा आज रुपन्देहीका दुई टोली एक अर्काविरुद्ध मैदान उत्रदैछन् । गोल्डकपको प्रि–क्वार्टरफाईनलमा रुपन्देहिमा गोर्खा व्वाईज र सुनौलो संगम युथ क्लब प्रतिस्पर्धा गर्न लागेका हुन् ।

धनगढी रंगशालामा दिउँसो ३ बजे पछि यी दुई टोलीबिचको प्रतिस्पर्धा सुरु हुनेछ । आजको विजेताले क्वार्टरफाईनलमा संकटा क्लबको सामना गर्नेछ ।

यसअघि हिजो भएको खेलमा मदन भण्डारी स्र्पोर्टस एकेडेमीलाई ४–० ले हराउँदै नब जनजागृती युवा क्लबले प्रतियोगीताको क्वार्टरफाईनलमा स्थान बनाएको थियो ।

१२ टोली सहभागी गोल्डकपको उपाधि विजेताले २१ र उपविजेता टोलीले १० लाख रुपैयाँ हात पार्नेछन् ।

संबन्धित शिर्षकहरु

कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै

एन्फा अध्यक्ष नेम्वाङसहित पदाधिकारीलाई विदेश भ्रमणमा रोक