विश्वकप छनोटमा ब्राजिलको रवाफिलो सुरुवात

durante Jogo da Selecao Brasileira contra a Argentina pela decima primeira rodada das eliminatorias sul-americanas para a Copa da Russia de 2018 no Mineirao em Belo Horizonte.

असोज २४, २०७७ :

विश्वकप छनोट फुटबल अन्तर्गत ब्राजिललले गतिलो सुरुवात गरेको छ। शनिबार बिहानै भएको दक्षिण अमेरिकी छनोटमा ब्राजिलले बोलिभियालाई ५-० गोलअन्तरले पराजित गरेको छ। ब्राजिललाई शानदार जित दिलाउन २ गोल रोबर्टो फिर्मिन्होले गरेका छन्। त्यसैगरी मार्कुन्होस र फिलिप कौटिन्होले एक एक गोल गरे। ब्राजिलले एक आत्मघाती गोल उपहार पायो। घरेलु टोली ब्राजिलले खेलको १६ औं मिनेटमा मार्कुन्होसको गोलमा अग्रता लिएको थियो। ड्यानिलोले उपलब्ध गराएको बलमा मार्कुन्होसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिए।

त्यसपछि रोबर्टो फिर्मिन्होले ब्राजिलको अग्रता दोब्बर पारे। रिनान लोडीको पासमा लिभरपुलका स्ट्राइकर फिर्मिन्होले ३० औं मिनेटमा ब्राजिलको अग्रता दोब्बर पारे। ५४ औं मिनेटमा फिर्मिन्होले व्यक्तिगत दोस्रो गोल गरे। त्यससँगै ब्राजिल ३-० ले अघि बढ्यो। नेयमारले डिबक्सभित्र दिएको पासमा फिर्मिन्होले गोल गरेका थिउ। त्यसपछि ब्राजिलले ६६ औं मिनेटमा आत्मघाती गोल उपहार पाएर अग्रता ४-० मा लग्यो। फिलिपे कोटिन्होको डिबक्सभित्र दिएको क्रस बललाई कोलम्बियन डिफेन्डरले रोक्न खोज्दा आफ्नै पोस्टमा छिर्यो।

खेलको ७३ औं मिनेटमा नेयमारले दिएको क्रस बललाई कोटिन्होले हेडमार्फत गोल गर्दै ब्राजिलको ५-० को जित पक्का गरे। यो जितसँगै ब्राजिलले छनोट प्रतियोगितामा ३ अंक जोडेको छ। शनिबार नै भएको अर्को खेलमा कोलम्बियाले भेनेजुयलालाई ३-० ले पराजित गरेको छ। कोलम्बियालाई जिताउन लुइस मुरीलले दुई र डुभान जपताले एक गोल गरे। एजेन्सी

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन