Skip to content
Facebook-f Twitter Youtube
Preeti to Unicode
  • समाचार
  • राजनीति
  • स्थानीय
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम प्रदेश
  • समाज
  • आर्थिक
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • पत्रपत्रिका
  • विविध
    • अन्तर्वार्ता
    • भिडियो
    • साहित्य
    • स्वास्थ्य
    • रोचक
  • समाचार
  • राजनीति
  • स्थानीय
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम प्रदेश
  • समाज
  • आर्थिक
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • पत्रपत्रिका
  • विविध
    • अन्तर्वार्ता
    • भिडियो
    • साहित्य
    • स्वास्थ्य
    • रोचक

स्याङ्जा प्रवेशमा पिसिआर रिपोर्ट अनिवार्य

  • कार्तिक १, २०७७

वालिङ, १ कात्तिक :

आजदेखि स्याङ्जा प्रवेश गर्दा ७२ घण्टा समयावधिको पिसिआर रिपोर्ट अनिवार्य चाहिने भएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले कोभिड १९ बाट नागरिकलाई सुरक्षित राख्न नयाँ व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले बताउनुभयो ।
उच्च जोखिम भएका स्थानबाट जिल्ला प्रवेश गर्दा गएराति १२ बजेदेखि लागू हुने गरी उक्त नियम अनिवार्य गरिएको हो । “जिल्ला प्रवेश गर्दा अनिवार्यरुपमा ७२ घण्टा समयावधिको पिसिआर रिपोर्ट ल्याउनुपर्छ, नल्याएका तोकिएको क्वारेन्टिनमा अनिवार्य बस्नुपर्छ”, प्रजिअ बस्नेतको भनाइ थियो ।
जिल्लास्थित सर्वदलीय बैठकले चाडपर्व नजिकिँदै गरेको अवस्थामा नागरिकको आवागमन स्वभावतः बढ्ने भएकाले जोखिम बढ्ने भन्दै जिल्लामा कडाई गर्ने निर्णय गरेको प्रजिअ बस्नेतले बताउनुभयो । स्याङ्जा जिल्लाभर लागू हुने गरी स्थानीय प्रशासन ऐन २०२८ र सङ्क्रामक रोग ऐन २०२० को दफा ३ र ४ बमोजिम अधिकार प्रयोग गरी आदेश जारी गरिएको प्रशासनले जनाएको छ ।
प्रशासनले अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन, सभा समारोह भेला तथा भिडभाड नगर्न नगराउन, स्वास्थ्यसम्बन्धी आवश्यक सम्पूर्ण सावधानीहरु अपनाउन आग्रह गरेको छ । यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस स्याङ्जाले संयुक्त विज्ञप्ति निकालेर जिल्लामा सभा, सम्मेलन, भेला तथा औपचारिक कार्यक्रम नगर्ने प्रतिवद्धता जनाएका छन् ।
नेकपा जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे पारस र काँग्रेस जिल्ला कार्यबाहक सभापति बुद्धिबहादुर रानाले कोभिड १९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै पार्टीका गतिविधि स्थगन गर्ने निर्णय गर्नुभएको हो । दुबै दलको संयुक्त बैठकपछि सार्वजनिक गरिएको विज्ञप्तिमा चाडपर्वको बेला नियमित हुँदै आएको शुभकामना आदान प्रदान तथा सामूहिक भेटघाट नगर्ने निर्णय भएको नेकपा जिल्ला अध्यक्ष गैह्रेले बताउनुभयो ।
दुबै दलले आ–आफ्ना मातहतका समितिलाई पनि पार्टी गतिविधि नगर्न नगराउन अनुरोध गर्ने निर्णयलाई कडाइसाथ कार्यान्वयन गर्न लगाएको काँग्रेस कार्यबाहक सभापति रानाले बताउनुभयो ।(रासस)

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन

ताजा अपडेट

भारतीय पर्यटकको हेलिकोप्टरमार्फत उद्धार

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन

गृह मन्त्रालयले अर्को निर्णय नभएसम्म एन–प्याब्सनलाई निलम्बन गर्‍याे

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

सम्पर्क

हनि मिडिया प्रा.लि द्वारा सञ्चालित चितवन पाटी डट.कम.

भरतपुर–११ , चितवन

सूचना बिभाग दर्ता नं.  १८१९/०७६-७७

सम्पर्क
९८५५०१११८०, ९८५५०३१७८१, ९८४५६७२०५८

ई–मेल
chitwanpati@gmail.com

हाम्रो टिम

अध्यक्ष
मुकुन्द प्रसाद भुसाल

प्रधान सम्पादक
हेम राज रिमाल

सम्पादक
सरोज खनाल

सह-सम्पादक
गिता दराई घिमिरे

संवाददाता
सुनिल पौडेल
प्रतिमा तामाङ
राजेश पाण्डे

साईट म्याप

  • गृहपृष्ठ
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • समाज
  • रोचक
  • स्वास्थ्य
  • साहित्य
विज्ञापनको लागी रेट लिस्ट

© 2020-2026, Honey Media Pvt. Ltd. | All rights Reserved.

Website By: WEBSOFTNEPAL