एसीसी इष्टर्न रिजन क्रिकेटमा नेपालको खराव प्रदर्शन, हङकङसँग ४३ रनले पराजित

काठमाडौं, १८ फागुन :

एसीसी इष्टर्न रिजन क्रिकेटमा नेपालको शीर्ष दुईमा पुग्ने सम्भावना सकिएको छ । थाइल्याण्डको बैंककमा भएको खेलमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको हो । आज भएको खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भयो । टस हारेको हङकङले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो १५५ रनको विजयी लक्ष्यसहित मैदानमा आएको नेपालले १११ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि सर्वाधिक रन कप्तान ज्ञानेन्द्र मल्लले बनाए । उनले ४३ बल खेल्दै ४६ रन बनाए । नेपालका लागि ओपनर कुशल मल्लले १९ रन र आरिफ शेखले १० बनाउनु बाहेक अन्य कुनै खेलाडीले दोहोरो अंक बनाउन सकेनन । नेपालको इनिङ्स ध्वस्त बनाउन हरुन मोहम्मदले चार तथा अफ्ताब हुसेनले ३ विकेट लिए । त्यस्तै इशान खानले २ विकेट लिए ।

यस अघि ब्यटिङ गरेको हङकङका लागि निजकान्त खान मोहम्दले ४८ रन बनाए भने मोहम्मद अजिज खानले २९ र सहीद वासिफले २६ रन बनाए । त्यस्तै हरुन मोहम्द अस्रफले २७ तथा जेम्स जोनले १३ रन बनाए । नेपालका लागि सन्दीप लामिछाने र सुसन भारीले समान २ विकेट लिए ।

कुशल मल्लले एक विकेट लिए । हिजो नेपाल मलेसियासँग २२ रनले पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित मलेसिया, थाईल्याण्ड, सिंगापुर र हङकङ समावेश छन्। रोउण्ड रोबिनका आधारमा चल्ने प्रतियोगिताका शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’