धनुर्मास पूजापछि पशुपतिनाथको ढोका बन्द

;'g;fg M kz'kltgfy dlGb/sf] åf/ sf7df8f}F, ! j}zfv sf]le8 !( sf] /f]syfd tyf lgoGq0fsf nflu nufOPsf] ns 8fpgsf] @!cf}F lbg ;f]daf/ ;'g;fg sf7df8fF}sf] kz'kltgfy dlGb/ åf/ . cl3Nnf] jif{sf] klxnf] lbg ;f] dlGb/ eL8ef8 x'g] ub{Yof] . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौँ, २६ पुस :
पशुपतिनाथलाई जाडोबाट जोगाउन २४सै घण्टा मूल मन्दिरमा धनुर्मास पूजा आराधना गरेसँगै मन्दिर भक्तजनका लागि बन्द गरिएको छ । पशुपतिनाथ मन्दिरमा आदिकालदेखि नै सौर र चान्द्र दुवै मासअनुसार पुस परेको दिनमध्ये उपयुक्त दिनमा धनुर्मास पूजा गर्ने परम्परा रहेको छ ।

शनिबार बिहानदेखि आइतबार बिहानसम्म २४ घण्टा पशुपतिनाथ मन्दिरमा धनुर्मास पूजा गरिएको थियो । पूजा सकिएसँगै मन्दिरको मूलढोका बन्द गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो ।

आज बेलुकी आरती गर्नमात्र मन्दिरको ढोका खोलिनेछ । भगवान् पशुपतिनाथका गणसहित नवग्रहलाई समेत दिन एवं रातभर पूजा गरी आदिकालदेखि मनाउँदै आएको धनुर्मास पर्व सम्पन्न भएको छ ।

पुस १५ देखि पुस २९ गतेसम्म सौर र चान्द्र दुवै गणना पद्धतिअनुसार पुस महिना परेको छ । पार्वतीसहितका शिवजीलाई जाडोबाट जोगाउन धनुर्मास पूजा गर्ने परम्परा बसेकाले पूजापछि शरीरमा ताप दिने खाद्य पदार्थ चाकु, सखर, खिचडीलगायत प्रसादका रुपमा चढाउने परम्परा छ । पशुपतिनाथलाई चढाउने खिचडी बनाउँदा दालको आधा चामल र चामलको आधा घिउ हाल्नुपर्ने विधि रहेको नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा विदुरप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पूजामा पशुपतिनाथका मूलभट्ट, पशुपतिनाथ अमालकोट कचहरीका द्वारेलगायत सहभागी हुनुभएको जनाइएको छ । धनुर्मास पूजा सकिएपछि आज बिहान ६ः०० बजेदेखि शिवपार्वती पनि घाम ताप्न जाने विश्वासमा मन्दिर बन्द गर्ने गरिएको हो । धनुर्मास पूजाका दिन पशुपतिनाथमा नित्य एवं नैमित्तिक भोगसमेत लाग्दैन ।

मानव शरीरमा भएका विभिन्न चक्रलाई खुशी पार्न महिनाअनुसारका खाद्य परिकारको वर्णन शास्त्रमा गरिएको छ । जाडोले धनुजस्तै कुप्रिने बेलामा गरिने पूजा भएकाले धनुर्मास पूजा भनिएको प्राध्यापक पौडेल बताउनुहुन्छ । विगत वर्षमा धनुर्मास पूजामा विशेष पूजा गर्ने भक्तजनबाट रसिद काटेर गराइने गरिएकामा यस वर्ष पूजाको विधि पूरा गरी अन्य भक्तजनको पूजा नगराइएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो ।

पूजापछि भगवान् शिव पार्वतीसहित कैलाशमा घाम ताप्न जाने भएकाले ढोका बन्द गर्ने गरिएको उहाँले सुनाउनुभयो । तन्त्र शास्त्रमा धनुर्मास पूजा विधिका बारेमा उल्लेख गरिएको जनाइएको छ । पशुपतिनाथ मन्दिरमा वैदिक र तान्त्रिक दुवै विधिबाट पूजा आराधना हुँदै आएको छ ।(रासस)

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ