लायन्स क्लव अफ नारायणगढ संगमचोकको अध्यक्षमा भट्टराई चयन

चितवन, १४ चैत :

लायन्स क्लव अफ नारायणगढ संगमचोककोे १८ औं अधिवेशनबाट शरदमणी भट्टराई सर्वसम्मत चयन भएका छन् ।

वर्ष २०२१-२२ का अध्यक्षमा चयन भएको निर्वाचन समितिका संयोजक तेजनारायण खरेलले बताउनुभयो । संयोजक खरेलका अनुसार २००३ मा स्वर्गीय भगवान श्रेष्ठद्वारा स्थापित चितवनको पुरानो सामाजिक क्लव लायन्स क्लव अफ नारायणगढ संगमचोकको प्रथम उपाध्यक्षमा घनश्याम न्योपाने, द्धितीय उपाध्यक्षमा सुबीर श्रेष्ठ र तृतीय उपाध्यक्षमा उज्जवल श्रेष्ठ चयन भएका छन् ।

त्यसैगरि क्लवको सचिवमा दीपक काफ्ले , कोषाध्यक्षमा तुलसीराम सापकोटा र सह–सचिवमा मनोज बर्णवाल चएन भएको संयोजक खरेलले बताउनुभयो ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन