किशोरकिशोरीलाई पैरवीसम्बन्धी तालीम

सिमकोट, १९ चैत :
हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा युवा तथा किशोर किशोरीलाई पैरवीसम्बन्धी चार दिने तालीम सञ्चालन भएको छ ।

वडा १ देखि ८ सम्म रहेको उक्त गाउँपालिकामा प्रत्येक वडाबाट छनोट गरेर मङ्गलबारदेखि पैरवीसम्बन्धी तालीम शुरु गरेको हो । जिल्लामा कार्यरत संस्था शिशुको आर्थिक सहयोग, मिसन इष्टको प्राविधिक सहयोग र किर्डाक नेपाल र महिला कल्याण सेवाको सहजीकरण तथा गाउँपालिकाको समन्वयमा तालीम सञ्चालन भएको छ । स्थानीय सरकारसँग समन्वय गरेर विभिन्न कार्यक्रम तालीम गोष्ठी गरिरहेका बेला जनचेतनाका लागि सबै वडालाई समेटेर शुक्रबार सम्पन्न हुने गरी तालीम सञ्चालन भएको किर्डाक नेपाल सर्केगाडका परियोजना संयोजक मुनलाल जैसीले जानकारी दिनुभयो ।

उक्त तालीमलाई सहजीकरण गर्न समाज कल्याण परिषद्का सदस्य मानुमाया थापा र जलवायु परिर्वतनका लागि नेपाली युवाको सञ्जालका राष्ट्रिय संयोजक श्रेया केसीलाई सर्केगाडमा आमन्त्रण गरी तालीम सञ्चालन भएको संयोजक जैसीले जानकारी दिनसुभयो । भौगोलिक दृष्टिकोणले पनि निकै कष्टकर रहेको उक्त गाउँपालिकामा काठमाडौँबाट प्रशिक्षकलाई बोलाएर तालीम सञ्चालन गरिएको हो ।(रासस)

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन