समझदारी भोजाड साकोस आइतबारदेखि बन्द हुने

भरतपुर, बैशाख २९ ।
समझदारी भोजाड बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सम्पुर्ण सेवा यही जेठ २ गते आइतबारदेखि बन्द हुने भएको छ । दोस्रो भेरियन्टको कोभिड संक्रमण समुदाय स्तरमा तिब्र रुपमा बढ्दै गएकाले स्वास्थ्य मापदण्डलाई ध्यानमा राख्दै सहकारीको मुख्य कार्यालय भोजाड र सेवाकेन्द्र बसेनी बन्द गर्न लागिएको जनाइएको छ ।

सहकारी बिभाग र राष्ट्रिय सहकारी महासंघको निर्देशन बमोजिम संस्था बन्द गरिएको ब्यवस्थापक अर्जुन लामिछानेले जानकारी दिनुभयो । अर्को सुचना जारी नभएसम्मका लागि कार्यालय बन्द हुनेछ ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन