गीता घिमिरे
भरतपुर, वैशाख ३० ।
स्वस्तिक नेपाल, नेपाल औषधि व्यवसायी संघ–जिल्ला शाखा चितवन, पुष्पाञ्जली बचत तथा ऋण सहकारी संस्था र स्पाउज क्लब अफ नारायणगढ रोटरी क्लबद्धारा संयूक्त रूपमा आज एक कार्यक्रमको आयोजना गरी चितवन प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय प्राङ्गणमा प्रहरी उपरिक्षक श्री ओमप्रसाद अधिकारीलाई संस्थाहरूको तर्फबाट हिरामान महर्जन, शिव पण्डित, लक्ष्मी श्रेष्ठ, रुद्रप्रसाद सापकोटा लगायतको उपस्थितीमा नेपाल औषधि व्यवसायी संघ–चितवनका अध्यक्ष इश्वरकुमार भण्डारीले कोरोना रोकथामका लागि आवश्यक सामग्रीहरू प्रदान गर्नुभयो ।

कोरोनाको दोस्रो लहरले चितवनमा पुनः माहामारीको रूप लिइरहेको र यसले सिर्जना गरेको कठिन परिस्थितीमा पनि सर्वसाधारण जनताहरूको सुरक्षाको लागि फ्रन्ट लाइनमा रहेर दैनिक रूपमा खटिरहेका करिब ४०० जना प्रहरीहरूको स्वास्थ्यलाई मध्येनजर गर्दै स्वास्थ्य सामग्री उपलब्ध गराईएको हो ।
सो अवसरमा ४०० थान फेस सिल्ड, ४०० थान सेनिटाइजर, एन ९५ मास्क ३००, साधारण मास्क २५०० थान र १०० जोडि पञ्जा वितरण गरिएको दाता संस्था मध्येको पुष्पाञ्जली बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष एवं उद्योग वाणिज्य संघ चितवनका प्रथम उवाध्यक्ष सुमनकुमार श्रेष्ठले बताउनुभयो ।





