खैरहनी, १८ असार :
विद्युत व्यवसायी संघ चितवनको आयोजनामा जिन्सि सामान हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । खैरहनी नगरपालिका ९ बस्यौलीमा रहेको श्री राष्ट्रिय आधारभुत विद्यालयमा १० थान पंखा लगायत विद्युतिय सामानहरु प्रदान गरेको विद्युत व्यवसायी संघ चितवनका कोषाध्यक्ष राजेश गौतमले बताउनुभयो ।
समाजिक दुरी कायम गरि गरिएको कार्यक्रममा स्वागत मन्तव्य दिदै विद्यालयका प्रधानाध्यापक खेमराज चौधरीले सहयोग गरेकोमा निकै खुशी लागेको बताउनुभयो । विद्युत व्यवसायी महासंघ नेपालका निवर्तमान अध्यक्ष तेजनारायण खरेल कार्यक्रमको प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष खरेलले व्यवसायीले नाफा नोक्सान मात्रै नभई समाजिक दायित्य पुरा गर्ने कार्य समेत विद्युत व्यवसायीले गरेको बताउनुभयो । साथै उहाँले विद्युत व्यवसायी संघ चितवनले जिन्सि सामान हस्तान्तरण गरेर उहारणिय कार्य गरेको भन्दै वर्तमान कार्यसमितिलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्युत व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष भरत लामिछाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द प्रसाद चौधरी, संघका प्रथम उपाध्यक्ष नवराज सुवेदी, विष्णु प्रसाद चालिसे, कृष्ण सुवेदी, लेखनाथ सापकोटा, सशिधर लामिछाने लगायत विद्यालयका शिक्षकहरु साथै विद्याथीहरुको समेत उपस्थिती रहेको थियो ।
कार्यक्रम विद्युत व्यवसायी संघ चितवनका अध्यक्ष डोलाराम न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो ।





