चितवनका पत्रकार एवम् संरक्षणकर्मी अपिल घिमिरेले कांग्रेस परित्याग गरे

२८, कार्तिक, चितवन
चितवनका पत्रकार एबम् संरक्षणकर्मी अपिल घिमिरेले नेपाली कांग्रेस परित्याग गरेको जनाएका छन् । उनले कांग्रेसमा रहन नसक्ने भन्दैं कांग्रेस छाडेको जनाएका छन् ।

पत्रकार महासंघ चितवनको सदस्यसमेत रहेका घिमिरेले पेशागत र संरक्षणको काममा लाग्ने भन्दैं कांग्रेस छाडेको जनाएका छन् । ‘म सबैको साझा मान्छे हुन चाहान्छु, सबैसँग सहकार्य गरेर अघि बढ्न चाहान्छु, कुनै एउटा पार्टीमा तत्काल नरहने निष्र्कषमा पुगेर कांग्रेस छाडेको हो’ घिमिरले भने, ‘भोली कहि कत्तै केही विचार र आस्था मिल्यो भने सोचौंला तत्काललाई कुनै पार्टीमा रहन्न ।’

उनी पश्चिम चितवनको पार्वतीपुरमा रहेको रेडियो प्रभावका स्टेशन म्यानेजरसमेत हुन् । विषेश गरी वातावरण र गैंडाको संरक्षणमा उनले विभिन्न अभियानहरु पटिहानी क्षेत्रमा चलाउँदै आएका छन् ।

निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा घुम्न जाने पर्यटकहरुले फाल्ने प्लाष्ट्रिक तथा सिसाहरु फाल्न रोक लगाउने तथा फालेको ठाँउमा गएर संकलन गर्ने काममा घिमिरे खटिदै आएका छन् ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी