काजकिस्तानमा सरकारको अनुरोधमा रुसी सेना तैनाथ

काठमाडौं, २३ पुष :

सरकार विरोधी प्रदर्शनहरु जारी रहेका बेला काजकिस्तानमा रुसी सेना पुगेको छ ।

देशम भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शनहरु भइरहेका बेला रुसी सेना काजकिस्तान पुगेको हो । पछिल्लो प्रदर्शनमा दर्जनौ सर्वसाधारणको मृत्यु भएको बताइएको छ । सुरक्षाकर्मीले भने आफ्ना १८ सदस्यको मृत्यु भएको पुष्टि गरेको छ । आन्दोलनकारीले देशको मुख्य सहर अल्माटीमा जारी राखेको प्रदर्शन नियन्त्रणका क्रममा दुवै पक्षबीच भिडन्त भएको छ ।

आन्दोलकारीहरुले विभिन्न सरकारी र निजी सम्पतिको तोडफोड भएको भन्दै सुरक्षार्कीले बल प्रयोग गर्दा सयौं सर्वसाधारण घाइते भएको बीबीसीले जनाएको छ । सर्वसाधारणले सरकारका गतिविधिको विरोधमा प्रदर्शन गरेको बताएपनि आन्दोलनमा विदेशी घुसपैठ भएको सरकारी पक्षको दावी छ । राष्ट्रपति कासिम जोमार्ट तोकायेभले हिंसात्मक गतिविधि नियन्त्रणका लागि २५ सय रसियन सेनाको सहयोग लिएको बताउनु भएको छ ।

सेनाको सो टुकडीमा रुस, काजाकिस्तन र पूर्व सोभियत राष्ट्रहरु बेलारुस, ताजकिस्तान र आर्मेनिया समावेश छन् । यता संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायत र फ्रान्सले दुवै पक्षलाई हिंसा अन्त्यका लागि अह्वानसमेत गरेका छन् ।

काजकिस्तानको आन्तरिक मन्त्रालयले करिब २३ सय जना प्रदर्शनकारी नियन्त्रणमा लिएको जनाएको छ ।

संबन्धित शिर्षकहरु

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

गण्डकीदेखि पूर्वका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा

इरानी प्रतिनिधिलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने