काेभिड सँगसगै म : सुर्य गिरिकाे अनुभव

मकवानपुर, ५ माघ : विश्व अझैपनि नाेवेल कोरोना भाईरस काेभिड-१९ बाट आक्रन्त भईरहेको छ, बिगत लामो समय देखी बिकसित होस्,अल्प- बिकसित् होस् अथवा बिकासन्मुख देशहरु होस् यस् माहामारी बाट अछुतो भने रहन सकेका छैनन | २०१९ को सुरुवाती देखी नै सुरुभएको यस् भाईरसले पहिलो, दोश्रो साथै अहिले तेस्रो चरन गरी लाखौं मानिसहरुको ज्यान समेत् लिइरहेको छ साथै लाखौं मानिसहरु आफ्नो स्वास्था लाभ लिइरहेका छन |

कोरोना भाईरस बाट संक्रमित भईसकेपछी अन्य मनिसले हेर्ने नजर र व्यबहार साथै मृत्‍यु सँगको यो युद्ध सम्झदा पनि कहाली लागेर आउँछ झनै प्रत्यक्ष रुपमा आँफैले महसुस गर्दा झन कस्तो महसुस हुदो हो आज यहाँहरुले म मेरो आफ्नो अनुभब शेयर गर्न चाहन्छु |

सदाझै बिहान कार्यालय जाने र बेलुका कार्यालयको सम्पूर्ण काम सकेर फर्कने नै दैनिकी भईरहेको थियो पौष १२ गते देखी नयाँ जिम्मेवरी बडे सँगै हेटौंडा,चन्द्रहनिगाहापुर र सिमराको ब्याबसयिक जिम्मेवरी पनी आँफैले लिनु पर्ने थियो तेसैले थप जोश, जँगर र उमंगाका साथ अन्य बेलाको कार्यालय समय भन्दा कार्यालय जाने समय अलि छिटो र बेलुका फर्कने समय अलि ठिलो नै थियो त्यहीमाथि पौष महिना झनै दौढधुप त हुनेनै भयो | यसै सिलसिलामा  आँफु पनि कुन बेला संक्रमित भइसकिएछ थाहा नै भएन पौष २८ गते बाट अ-सामान्य तरिकाले थकान महसुस हुन थाल्यो र जोरो, टाउको दु:खई, घँटी दुखाइ अदी -अदी लक्षण देखा पर्न थाले | मसन्तको समय भएकाले नियमित कार्यालय जाने र आउने गरियो तर मसन्तको अन्तिम दिन अर्थत ३० गते बेलुका बाट फेरी अ- सामान्य तरिकाको दुखाइ र जोरो महसुस भयो र रातीमा त झनै श्वास – प्रश्वास मै समस्या आउला जस्तो भयो मन आत्तियो, चिसो पस्यो कतै टेलिभिजन, रेडियो, पत्र- पत्रीका, फेसबुक र टिकटक तिर देखियका जस्तै स्थित त हुन्न मलाई भन्ने झै डर लाग्यो र त्यो रात डरै डर मा कटाय र भोली बिहानै एकजना भाइको सहयोगमा केही खाने कुरा मगाएर औषधी पनि खाए अली हल्का महसुस भयो अनी रातिको त्यो डर र भय मन बाट हट्यो|

त्यसदिन माँघे सन्क्रन्ति परेकाले घर बाट लगातार फोन आयाे, उठाएर यो सबै भन्ने मन थियन किन भन्दा घर मा सबै जना जम्मा भएर मनाइरहेको चाडपर्ब खल्लो बनाउनु थियन साथै अब मलाई कोरोनाको लक्षण छ भन्दा मलाई कसरी लिनुहुन्छ होला भन्ने डरले सताइरह्यो तर के गर्नु आमा, बुवा को मन न हो छोरो आएन चाडपर्ब भनेर गुनासो गर्नुभएछ दिदी मार्फत थाहा पाए अनी सबै कुरा सम्झेर भक्कनिय पनि अनी मलाई कस्ले रोक्न सक्ने झोला बोकेर बिस्तारै घर लागे |

घर पुग्दा सबै जना मलाई नै कुरेरै बसिरहनु भएको रहेछ मैले टाढै बाट सबै कुरा शेयर गरे मनमा डर थियो सुरुवाती दिनमा झै मलाई पनि त्यस्तै व्यबहार त हुन्न भनेर तर मेरो परिवारले सहजै लिनु भयो र मलाई आबस्यक साबधानीका साथ रहन सहयोग गर्नु भयो र माघ ३ गते गयर मनहरी स्वास्थ चौकीमा परिक्षण गर्दा पोजिटिभ देखियो |

अहिले परिवारको हेरबिचरामा र डाक्टरको परामर्श सँगै मलाई अहिले धेरै नै काम भईसकेको छ र अहिले म घर बाट नै धेरै कार्यालयको कामहरु गरिरहेको छु |

यस् बाट मैले सिकेका केही पाठहरु:-
१) आफु संक्रमित भएमा अथवा शंका लागेमा परिवारलाई शेयर गर्ने |
२) समय मै परीक्षण गर्ने ताकी स्थिती थप् जतिल बन्न नदिने |
३) परिवार सँग आबस्यक सहयोग लिने |
४) झोलिलो र अर्गानिक खानेकुरामा जोड दिने |
५) नकारात्मक समाचार बाट टाढै रहने |
६) परिवार र साथीहरु सँग कुराकानी गरिरहने जस्ले नकारात्मक सोच्न बाट टाढा राख्दछ |

सन्क्रमित नहुनु भईसकेपछी आत्तियर हुन्न आफुलाई सकारात्मक कुराले बेस्त बनाउहोस् नजिकका आफन्त र साथीहरु सँग कुराकानी गरिरहनुहोस् यसले समय बितेको पत्तै हुन्न |

जिबन अमुल्य छ, बाचौं, बचौं र खुलेर जिऔं |  ( एरिया म्यानेजर गिरि वर्ष २०७७-७८ काे रिलायन्स सिईओ रनिङ ट्रर्फी विजेता समेत हुन्  । )

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन