सुनको मूल्य बढ्दा चाँदी घट्यो

काठमाडौं, १७ चैत्र :

साताको पाँचौं दिन आज बिहीबार सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ घटेको छ ।

बुधबार ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज बिहीबार १ सय रुपैयाँले बढेर ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने आज १० रुपैयाँले घटेर १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन