पहाडी भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडाैं, ६ बैशाख :

हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

आज (मंगलबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मंगलबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ ।

बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश-१ लगायत देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको समेत सम्भावना रहेको छ । मंगलबार बिहान भने देशका पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ ।

अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मंगलबार राती भने प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ ।

बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, प्रदेश-१, मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन