भरतपुर, १४ वैशाख :
भरतपुर महानगरपालिकाको मेयरका उमेदवार विजय सुुवेदीले आज भरतपुर–२१ बाट घरदैलो अभियान सूुरु गरेका छन् ।
नेकपा ( एमाले)–राप्रपाबाट महानगरको मेयरमा उमेदवारी दिएका सुवेदीले मंगलबारदेखि घरदैलो अभियान सुरु गरेका हुन् । घरदैलोका क्रममा सुवेदीले ज्येष्ठ नागरिकलाई ढोगेर आर्शिवाद लिएका छन् भने कांग्रेसीसँग सौहार्दता देखाएका छन् ।
ज्येष्ठ नागरिकले सुवेदीको शिरमा हात राखेर आर्शिवाद दिए । उनले मनोनयन दर्ता गर्नुअघि पनि वीपी कोइरालाको शालिकमा माल्यार्पण गरेर मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।
एमाले–राप्रपा गठबन्धनबाट महानगरको उपमेयरमा हिमाला गुरुङले उमेदवारी दिएकी छन् ।





