भरतपुर, १४ वैशाख :
भरतपुर महानगरपालिका मेयरका उमेदवार विजय सुुवेदीले आज वडा नं २० को लालसम चोकमा रहेको सम्पर्क कार्यालय उद्घाटन गरेका छन् । एमालेले वडा नं २० मा नेकपा (एमाले)–राप्रपाबाट उमेदवारी तय भएको हो ।
वडा नं २० को अध्यक्षमा देवबहादुर तमाङ र सदस्यहरुमा तुलसी परियार, मानदेव पौडेल, देउमाया घले र आकाश तामाङलाई उमेदवार बनाएको छ ।





