व्यापारिक भवनमा आगलागी हुँदा ६ वटा पसल जलेर नष्ट

चितवन, १५ वैशाख :

चितवनको भरतपुर महानगरपालिका–३ कमलनगरमा एउटा व्यापारिक भवनमा आगलागी हुँदा ६ वटा पसल जलेर नष्ट भएको छ ।

बुधबार राति २ बजेदेखि सुरु भएको आगलागी बिहीबार बिहान ७ बजे मात्रै नियन्त्रणमा आएको हो । आगो निभाउन चार वटा दमकल प्रयोग गरिएको थियो । भरतपुर महानगरपालिका–३ कमलनगर स्थित तुलसीराम सापकोटाको चार तले घरमा आगो लागेको हो ।

नारायणगढ बजार क्षेत्रमा पर्ने घरमा आगो लागेपछि वरपरका बासिन्दा त्रसित भएका थिए । आगोबाट सो घरमा रहेका ६ वटा पसलका सामानहरु जलेर नष्ट भएका छन् । क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन