भरतपुर, १८ वैशाख :
नेकपा एमालेको भरतपुर महानगरपालिका वडा नं. २० ले चुनावी भेला तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
भेलामा नेकपा एमाले भरतपुर वडा नं २० का वडा अध्यक्ष पदका उमेदवार देव बहादुर तमाङ, वडा सदस्य उमेदवार मानदेव पाैडेल, दलित महिला सदस्य उमेदवार तुलसी परियार, राप्रपाबाट वडा सदस्य उमेदवार आकाश तामाङ, महिला सदस्य उमेदवार देउ माया घले लगायत गठबन्धनका नेता कार्यकर्ताको उपस्थितिमा चुनावी भेला भएकाे एमालेका युवा नेता अमृत लम्सालले बताए ।
वडामा ५ दलिय गठबन्धनबाट साझा उमेदवार अध्यक्ष बाहेक अरु पदमा बन्न नसक्दा अझैसम्म विवाद रहेको देखिन्छ । अझैपनि मित्रवत प्रतिस्पर्धा वा आज आएकाे केन्द्रको सर्कुलर कुन मान्ने अन्योल रहेकाे स्थानीय एक काँग्रेस नेताले बताए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ३२ जना नेकपा (एमाले) मा प्रवेश गरेका थिए । ५ दलिय गठबन्धनबाट मुक्ति प्रसाद घले र एमाले राप्रपा गठबन्धनबाट देव बहादुर तमाङबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
काँग्रेसकाे टिकट नपाएको एउटा समुह अझै असन्तुष्ट देखिएको कारणबाट पनि माहोल यहीँ हुन्छ भन्न सक्ने अवस्था नरहेको काँग्रेस नेताहरु कै स्विकाराेक्ति छ ।
जनजातिको पकड एरिया रहेकाे वडा भएकाले पनि दुवै वडा अध्यक्ष बिच कडा प्रतिस्पर्धामा हुने आकलन गरिएको छ ।





