भरतपुर, २८ जेठ ।
लायन्स क्लब अफ भरतपुर इन्द्रेणीको अध्यक्षमा अधिवक्ता नारायण गिरि चयन हुनुभएको छ । शनिबार सम्पन्न तेस्रो अधिवेशनबाट गिरीको नेतृत्वमा ११ सदस्यिय नया कार्यसमिती चयन गरिएको हो ।
क्लबको नवनिर्वाचित प्रथम, द्वितीय र तृतिय उपाध्यक्षमा क्रमशः शिला परियार, विष्णु प्रसाद वास्तोला र त्रिलोचन अधिकारी चयन हुनुभएको छ । यस्तै सचिवमा सन्तोष तिवारी, सह-सचिवमा लालमाया अधिकारी, कोषाध्यक्षमा राजु अधिकारी र सह-कोषाध्यक्षमा इश्वर प्रसाद चपाइ (नवीन) चयन हुनुभएको छ ।
मुकुन्द भुसाल क्लब डाइरेक्टर र हेम कुवर मार्केटिङ/कम्युनिकेशन प्रमुख रहेको क्लबको टाइमरमा बिकास भुसाल चयन हुनुभएको छ ।
भरतपुर महानगरपालिका प्रज्ञा एकेडेमीका उपकुलपती इन्द्र रेग्मी प्रमुख आतिथी रहेको कार्यक्रम क्लबका चार्टर्ड प्रेसिडेन्ट द्रोण बाबू सिवाकोटीको अध्यक्षतामा सम्पन्न भएको हो ।





