चितवन, २९ जेठ ।
बिगत १० बर्षदेखी चितवनको नारायणगढ शहिदचोकबाट सेवा दिदै आइरहेको मेट्रो एजुकेशन एकेडेमीको कार्यालय भरतपुरमा स्थानान्तरण गरिएको छ । चौबिसकोठी नजिक भरतपुर मेडिकल कलेज छिर्ने चोकमा एकेडेमीको आज उद्घाटन गरिएको छ ।
चितवन उद्योग बाणिज्य संघका अध्यक्ष चुन नारायण श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पसका प्रमुख मणीराज महतो, इक्यान चितवनका अध्यक्ष समुन्द्र अर्याल, एन पि आइका प्रमुख कार्यकारी अधिकृत शिव सुवेदी, प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डित लगाएतको उपस्थिती रहेको थियो ।
मेट्रो एजुकेशन एकेडेमीका प्रबन्ध निर्देशक सुवास गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सन्चारकर्मी रबिन सुवेदीले सहजीकरण गर्नुभएको थियो । सो अवसरमा प्रबन्ध निर्देशक गौतमले एकेडेमीका सेवा सुविधाबारे प्रष्ट पार्नुभएको थियो ।





