सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, ७ भाद्र : 

साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९५ हजार ३ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ३ सयले घटेर ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि मंगलबार ५ रुपैयाँले घटेर १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

संबन्धित शिर्षकहरु

प्रतिनिधि सभाको बैठक आज बस्दै: (सम्भावित-कार्यसूचीसहित)

सुनचाँदीको भाउ आज पनि घट्यो

आज काठमाण्डौ उपत्यकासहित १८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम