अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पले दिए बाइडेनलाई देशकै शत्रुको संज्ञा

काठमाडौं, १९ भदौ :

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडेनलाई देशकै शत्रुको संज्ञा दिनुभएको छ ।

आफ्नो निवासमा संघीय अनुसन्धान ब्यूरोले छापा मारेपछि पूर्वराष्ट्रपति ट्रम्पले बाइडेनको व्यक्तिगत आलोचनमा उत्रिनु भएको हो । ब्यूरोले गत अगस्ट ८ मा छापा मारेपछि पहिलो पटक सार्वजनिक रूपमा देखा पर्नुभएका ट्रम्पले आफ्नो निवासमा गरिएको अनुसन्धानलाई ‘न्यायको धोखाधडी’ भन्दै यसले ‘कसैले कहिल्यै नदेखेको परिणाम’ ल्याउने चेतावनी दिनुभयो ।

पूर्वराष्ट्रपति ट्रम्पले अमेरिकी स्वतन्त्रतामाथिको वास्तविक खतराको यो भन्दा ज्वलन्त उदाहरण अरु हुन नसक्ने बताउनुभएको छ । उहाँले बाइडेनले अमेरिकी जनताको भलो नगर्ने जिकीर समेत गर्नुभयो ।

केही दिनअघि राष्ट्रपति बाइडेनले ट्रम्पप्रति संकेत गर्दै रिपब्लिकनहरुले अमेरिकी प्रजातन्त्रलाई खतरामा पारेको आरोप लगाउनुभएको थियो ।

 

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा