राजपा संयोजकमा आजदेखि शरद सिंह भण्डारी

काठमाडौं, ५ चैत :
राष्ट्रिय जनता पार्टी राजपा नेपालको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी आजदेखि शरद सिंह भण्डारीले सम्हाल्दै छन् । राजपाका ६ अध्यक्षले चक्रीय प्रणाली अनुसार दुईरदुई महिना पार्टीको नेतृत्व गर्दै आएकामा आजदेखि भण्डारीले नेतृत्व सम्हाल लागेका हुन् ।

यसअघि महेन्द्रराय यादव अध्यक्ष मण्डलको संयोजक थिए । मधेसकेन्द्रित तत्कालिन ६ वटा पार्टीहरु तराई मधेस लोकतान्त्रिक, सद्भावना , राष्ट्रिय मधेस समाजवादी, तराई मधेस सद्भावना, मधेसी जनअधिकार फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टी एकीकरण भएपछि बनेको राजपामा ती सबै पार्टीका अध्यक्षहरु अध्यक्ष मण्डलका सदस्य छन् ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’