सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक विनानिष्कर्ष टुंगियो

????????, ?? ??????? ????????????? ????? ??????????? ?????? ????? ????? ????????? ????? ??????? ?????? ?????? ????????????? ????????? ?????, ?????(??????? ???????)?? ??????? ???????? ?????, ?????(?????? ????????)?? ??????? ????????? ????? ??????? ??????? ? ?????? ? ???? ???????, ????

काठमाडौं, २६ भदौ :

सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक निष्कर्ष विहीन बनेको छ। सिट बाँडफाँटका लागि बसेको गठबन्धनको बैठक निष्कर्षविहीन टुंगिएको हो।बैठकमा तालमेलको बारेमा गम्भीर समीक्षा भएको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताउनुभयो।

उहाले भन्नुभयो, ‘हामीले तालमेलबारे गम्भीर समीक्षा गरेका छौँ। बैठकमा कार्यदलले आफ्नो रिपोटिङ गरेको छ। कार्यदलले कयौँ कुरा मिलाइसकेको छ। भने अझै कैयौँ कुरा मिलाउन बाँकी छ। त्यो आधारमा भोलि बसेर हामी सबै टुंग्याउछौँ।’

भोलि बिहान ८ बजे बस्ने बैठकले सकेसम्म सबै कुरा सहमतिमा टुंगाउने उहाले दाबी गर्नुभयो।

आगामी निर्वाचनमा चुनावी तालमेल गर्दा कुन दलले कति सिट लिने भन्ने विषयमा सहमति जुटाउन भन्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बेलुकी बैठक बसेको थियो। तर, कुनै सहमति बन्न सकेको थिएन।

गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन्। सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या भइरहेको छ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ