पाकिस्तानमा बाढीमा परी ३७ जनाको मृत्यु, ९२ घाइते

काठमाडौं, २ आश्विन :

पाकिस्तानको विभिन्न भागमा मुसलधारे वर्षा पछिको बाढीमा परी करिब ३७ जनाको मृत्यु भएको छ । साेही बाढीमा परी ९२ जना घाइते भएका हुन् ।

राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार बाढी सम्बन्धी छुट्टाछुट्टै घटनामा ज्यान गुमाउने मध्य १६ बालबालिका र ७ जना महिला रहेका छन् । यय वर्षको मनसुनका कारण देशका विभिन्न स्थानमा बाढी जाँदा अहिलेसम्म १ हजार ५ सय ४५ जनाको मृत्यु भइसकेको छ ।

बाढीका कारण १९ लाख २० हजार घर ध्वस्त हुनुका साथै ९ लाख ३५ हजार ७ सय ९५ चौपाय मरेका छन् ।

संबन्धित शिर्षकहरु

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने