चितवनमा डेड्गुबाट एकजनाको मृत्यु

चितवन , ४ असोज :

पूर्वी चितवनको रत्ननगरमा डेङ्गुबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर–१ का २७ वर्षीय पुरुष छन् ।

उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। अस्पतालका फिजिसियन डा आलोक प्रधानका अनुसार डेङ्गु सङ्क्रमण पुष्टि भएर उपचारका क्रममा उनको मृत्यु भएको हो।

अध्ययनका क्रममा काठमाडौं बस्दै आएका उनमा ज्वरोका कारण पुरानो मेडिकल कलेजमा भर्ना भएका थिए। जिल्लामा हालसम्म ४२९ जनामा डेङ्गुको सङक्रमण पुष्टि भएको छ। दुई हजार ८७७ जनाको नमूना परीक्षणका क्रममा उनीहरुमा डेङ्गु देखिएको हो।

जिल्लामा भेटिएका डेङ्गुका बिरामीमध्ये ६२ जनाको ठेगाना नखुलेको र १०६ जिल्ला बाहिरका छन्। (रासस)

संबन्धित शिर्षकहरु

आफ्नै रेकर्ड तोड्दै कामिरिता शेर्पा ३२औँ र ल्हाक्पा शेर्पा ११औँ पटक सगरमाथा शिखरमा

ट्रम्पको चेतावनीका बाबजुद स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा

कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा