क्लिनिक नेपाल मेघौलीद्वारा ८२ विपन्न परिवारलाई खाद्यान्न सहयोग

मेघौली, १८ चैत

पश्चिम चितवनवासीको सुख, दुःखको साथीका रुपमा परिचित क्लिनक नेपालले मेघौली क्षेत्रका कम आय भएका परिवारलाई खाद्यान्न सहयोग गरेको छ । मेघौलीको सिसौघारी/तेलौली आसपासका क्षेत्रमा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दैआएका व्यक्तिको परिवारलाई लक डाउनको बेला सहयोग गरिएको हो ।

८२ परिवारलाई २ हप्तालाई पुग्ने खाद्यान्न वितरण गरिएको संस्थाका अध्यक्ष हरी भण्डारीले बताउँनुभयो । ५ जना सम्म रहेकाे परिवारलाई १५ किलो चामल, १ किलो दाल, १ सय ग्राम मसला, आधा लिटर तेललगायतका खाद्यसामग्री दिइएको छ । ५ जना भन्दा बढी सदस्य रहेको परिवारलाई २० किलो चामल, २ किलो दाल, १ सय ग्राम मसला, आधा लिटर तेललगायतका सामग्री सहयोग गरिएको क्लिनक नेपालका म्यानेजर सुमन पौडेलले बताउँनुभयो ।

संबन्धित शिर्षकहरु

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय व्यापार बढाउनेबारे छलफल

अमेरिकी डलरको भाउ आज स्थिर

नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सात टोली सहभागी हुने