कोरोना परिक्षण ल्याव र प्रादेशिक प्रयोगशाला चितवनमा राख्न माग

भरतपुर, १८ चैत ।
चितवनका जनप्रतिनिधी र अगुवाहरुको आज सम्पन्न बैठकले कोरोना परिक्षण ल्याव र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला चितवनमा स्थापना गर्न माग गर्र्नेे निर्णय गरेको छ । जिल्ला समन्वय समितिको संयोजकत्वमा चितवनका जनप्रतिनिधि, स्थानीय तहका प्रमुख , राजनीतिक दलका नेता सहित बसेको बैठकले कोरोना परिक्षण ल्याव तत्काल राख्न स्वास्थ्य मन्त्रालय संग माग गर्ने र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला चितवनमा राख्न पहल गर्ने निर्णय गरेको हो ।

साथै बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट जारी भएको क्वारेन्टाईन सञ्चालन तथा ब्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ लाई प्रभावकारी कार्यान्वयन गर्न सबै समितिहरुको बैठक राखि सक्रिय बनाउने पनि निर्णय गरेको छ । त्यसैगरी राहत वितरण गर्ने सम्बन्धमा जिल्ला भित्र रहेको सम्पूर्ण स्थानीय तहहरुमा एकरुपता कायम गर्ने निर्णय भएको छ । कोरोना परिक्षण र यस संग संबन्धित आवश्यक मेडिकल सामाग्री उपलब्ध गराउन प्रदेश र संघ तर्फका सम्वन्धित मन्त्रालयहरुमा माग गर्ने निर्णय भएको छ ।

त्यस्तै गरी भरतपुर महानगरपालिकाका प्रमुखको संयोजकत्वमा रहेको कोरोना बिशेष अस्पतालको सदस्य सचिवमा भरतपुर अस्पतालका मेसुलाई जिम्ेवारी दिने पनि बैठकले निर्णय गरेको छ । जिल्ला समन्वय समितिका प्रखुख कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामा भएको बैठकमा प्रतिनिधि सभाका सदस्य कृष्णभक्त पोखरेल, प्रदेश सभा सदस्य घनश्याम दाहाल, कृष्णप्रसाद खनाल, मिलनबाबु श्रेष्ठको बिशेष उपस्थिती रहेको थियो ।

संबन्धित शिर्षकहरु

सुनको भाउ तोलामा एक लाख ७० हजार रुपैयाँ नाघ्याे

हमासले बन्धक रिहा नगरे युद्धविराम रद्ध गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन