रेडियो त्रिवेणीद्वारा भरतपुर अस्पताललाई थप ३५ थान उच्च गुणस्तरको पिपिई हस्तान्तरण

भरतपुर, चैत्र २३ ।

रेडियो त्रिवेणी १००.६ मेगाहर्जले भरतपुर सरकारी अस्पताललाई ३५ थान उच्च गुणस्तरको पिपिई हस्तान्तरण गरेको छ । रेडियोका अध्यक्ष तेजनारायण खरेल र निर्देशक प्रकाश पौडेलले अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारी र मेसु डा. श्रीराम तिवारीलाई आज आईतबार संयुक्त रुपमा पिपिई हस्तान्तरण गर्नुभएको हो ।

विश्वभर महामारीका रुपमा फैलिरहेको नोवल कोरोना भाईरसको जोखिम मोलेरै सर्बसाधारणको उपचारमा संलग्न भरतपुर अस्पतालका स्वास्थ्यकर्मीहरुलाई सो परिमाणको स्वास्थ्य सुरक्षाका साधन हस्तान्तरण गरिएको हो । सो अवसरमा बोल्दै रेडियो त्रिवेणीका अध्यक्ष खरेलले विषम परिस्थितीमा उपचारमा अग्रसर चिकित्सक लगायत सम्पुर्ण स्वास्थ्यकर्मीहरुको उच्च प्रशंशा गर्नुभयो । साथै उहाँले आँफु सुरक्षित रहेर सेवामा खटिन पनि स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभयो ।

यस्तै अस्तालका मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीले कोरोनाका कारण समग्र मावन जगत आक्रान्त बनिरहेको वर्तमान अवस्थामा रेडियो त्रिवेणीले स्वास्थ्यकर्मीहरुको मर्का बुझेर यसको सम्बोधन गरिदिएको भन्दै धन्यवाद ब्यक्त गर्नुभयो । सोही अवसरमा बोल्दै अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले मोफसलको अग्रणी मिडिया हाउसका रुपमा परिचित रेडियो त्रिवेणीले सञ्चार कर्मका अलवा स्वास्थ्यकर्मीहरुको ब्यक्तिगत स्वास्थ्य समेतलाई ख्याल गरि कोरोना रोकथामका लागि समेत खेलेको पटक पटकको भुमिकाको मुक्त कण्ठले प्रशंशा गर्नुभयो ।

जनताको आवाजको पर्याय बनेको रेडियो त्रिवेणी १००.६ मेगाहर्जले गत चैत्र १६ गते पनि २५ थान साधारण पिपिई भरतपुर अस्पताललाई हस्तान्तरण गरेको थियो ।

संबन्धित शिर्षकहरु

क्यानडामा मानिसको भीडमा कार जोतिँदा धेरै जनाको ज्यान गयाे : प्रहरी

राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता आउँदो बुधवारदेखि

जम्मू–कश्मीरको भारत–पाकिस्तान नियन्त्रण रेखा वरपर गोलाबारी