नेदरल्यान्डसले युक्रेनलाई डेढ करोड डलर बराबरको मिसाइल दिने

काठमाडौं, २८ असोज :

नेदरल्यान्डसले युक्रेनको हवाई प्रतिरक्षाका लागि करिब डेढ करोड डलर बराबरको मिसाइल पठाउने भएको छ । नेटोले युक्रेनलाई आवश्यक सैन्य सहयोग गर्ने निर्णय गरे लगत्तै नेदरल्यान्डसले यस्तो तयारी गरेको हो ।

गत सोमबार र मंगलबार रुसले युक्रेनको राजधानी कीभ लगायत धेरै सहरमा हवाई आक्रमण गरेपछि नेटोमा आवद्ध राष्ट्रहरुको ब्रसेल्समा भएको आकस्मिक बैठकले थप सहयोगको प्रतिवद्धता समेत जनाएका थिए ।

नेदरल्यान्डसपछि फ्रान्स र क्यानाडाले पनि युक्रेनलाई तत्काल सहयोग गर्ने बताएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले अमेरिका र जर्मनीबाट प्राप्त अग्रिम हवाई रक्षा प्रणालीका लागि कृतज्ञता समेत व्यक्त गर्नुभएकाे छ ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी