सत्यमोहन जोशीको स्वास्थ्य अवस्था जटिल बन्दै

काठमाडौं, २८ असोज :

शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था फेरी जटिल बनेको छ । जोशीको अक्सिजनको मात्रा घटेपछि उहाँलाई पुनः आईसीयूमा लगिएको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको हाे ।

गत बुधबार स्वास्थ्य अवस्थामा केही सुधार भएपछि आईसीयूबाट क्याबिनमा सारिएको थियो । डेंगु संक्रमण भएपछि उहाँलाई ३ साता अघि अस्पताल भर्ना गरिएको थियो । अहिले जोशी १ सय ३ वर्षकाे हुनुभएकाे छ ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ