सरकारले राष्ट्रिय सम्मान दिएर जोशीको बिदाइ गर्ने

{"caption":"u0932u0932u093fu0924u092au0941u0930u0938u094du0925u093fu0924 u0915u093fu0938u094du091f u0905u0938u094du092au0924u093eu0932 u092au094du0930u093eu0919u094du0917u0923u092eu093e u0930u093eu0916u093fu090fu0915u094b u0935u093eu0919u094du092eu092f u0936u093eu0924u093eu092cu094du0926u0940 u092au0941u0930u0941u0937 u0924u0925u093e u0938u0902u0938u094du0915u0943u0924u093fu0935u093fu0926u094d u0938u0924u094du092fu092eu094bu0939u0928 u091cu094bu0936u0940u0915u094b u092au093eu0930u094du0925u093fu0935 u0936u0930u0940u0930 u0964 u0924u0938u094du092cu093fu0930 : u0905u0902u0917u0926 u0922u0915u093eu0932/u0915u093eu0928u094du0924u093fu092au0941u0930","photographer":"","alt_text":""}

काठमाडौं, ३० असोज :

सरकारले आज बिहान निधन भएका संस्कृतिविद् सत्यमोहन जोशीलाई राष्ट्रिय सम्मानका साथ बिदाइ गर्ने भएको छ । गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले जोशीको पार्थिव शरीरलाई नेपाल प्रहरीबाट शोक सलामी अर्पण गरेर राष्ट्रिय सम्मान दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । जोशीको शव अहिले ललितपुर महानगरपालिकाको कार्यालय परिसर पुल्चोकमा राखिएको छ । पुल्चोकमै दिउँसो ४ बजे नेपाल प्रहरीको एक टुकडीले स्वर्गीय जोशीलाई शोक सलामी अर्पण गर्नेछ । शोक सलामी दिएर जोशीको शव किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई हस्तान्तरण गरिने छ ।

जोशीले जीवित रहँदा आफ्नो शरीर नजलाउने र अस्पताललाई दिने घोषणा गरेकाले उहाँको शवलाई आजै किष्ट अस्पतालमा लगेर राख्ने तयारी छ । शताब्दी पुरुष सत्यमोहन जोशीको बिहान उपचारका क्रममा निधन भएको हो । ललितपुरको बखुम्बहालमा विक्रम संवत् १९७७ साल वैशाख ३० गते जन्मिएका जोशी संस्कृतिविद् हुनुहुन्छ । उहाँ तीन पटक मदन पुरस्कार पाउने एक्लो व्यक्ति हुनुहुन्छ । ‘लोक संस्कृति’ नामक पुस्तकले २०१३ सालमा मदन पुरस्कार पाएको थियो । त्यस्तै ‘नेपाल राष्ट्रिय मुद्रा’ नामक पुस्तकका लागि दोस्रो पटक र ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि तेस्रो पटक मदन पुरस्कार पाउनु भएको थियो।

संबन्धित शिर्षकहरु

युक्रेनको किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी

महिला च्याम्पिनसिपमा नेपालले आज भुटानसँग खेल्दै

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना