आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं, ३ कार्तिक :

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज बिहबिार पनि खुवाइँदै छ । बुधबार र बिहीबार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ ।

बुधबार भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटेका बालबालिकालाई आज नजिकैको खोप केन्द्रमा गएर खान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयको २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य छ ।

भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रमको लागि देशभरका स्थानीय तह तथा वडाहरुको समन्वयमा महिला स्वास्थ्य स्वयंसेविकाहरु खटिएका छन् ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ