देशभर थप ४२ जना कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं, ७ कार्तिक :

देशभर पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९ सय २१ जनाको नमूना परीक्षण गरिएको थियो ।

४ सय जनाको पीसीआर र ४ सय २१ जनाको एन्टीजेन विधिबाट विधिबाट परीक्षण गर्दा ४२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोमबार ४३ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ६ सय ९२ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ