भरतपुरमा भेटिएको शङ्कास्पद वस्तु सेनाद्वारा डिस्पोज

काठमाडौं, ८ कार्तिक :

पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिकाको २४ कोठीदेखि वीरेन्द्र क्याम्पस चोकसम्मको सडक खण्डमा गाडी सञ्चालनमा आएको छ ।

शङ्कास्पद वस्तु देखिएपछि यो सडक खण्डमा गाडी चलेका थिएनन् । प्रहरीले शङ्कास्पद वस्तु डिस्पोज गरेसँगै पूर्व–पश्चिम राजमार्गको भरतपुर महानगरपालिकाको २४ कोठीदेखि वीरेन्द्र क्याम्पस चोकसम्मको सडक सञ्चालनमा आएको हो । शङ्कास्पद वस्तुलाई सेनाको टोलीले अघि बेलुका ५ बजेतिर डिस्पोज गरेको हो ।

चितवन प्रहरी प्रमुख एसपी नवराज अधिकारीले त्यो वस्तु तर्साउने नियतले राखिएको पाइएको बताउनुभयो । त्यो वस्तु के हो ? भन्ने यकिन नभएको तर तर्साउने नियतले राखिएको पाइएको उहाँको भनाइ छ ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै