भारतमा कोरोना: थप १३ जनाको मृत्यु, ५०८ नयाँ संक्रमित 

भारतमा अघिल्लो दिनको तुलनामा मंगलबार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने तथा नयाँ संक्रमितको संख्या कम भएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार मंगलबार भारतमा कोभिड–१९ बाट १३ जनाको मृत्यु भएको छ । यस्तै मंगलबार थप ५०८ जनामा कोरोना भाइरसको नयाँ संक्रमण पुष्टि भएको छ ।

यसअघि सोमाबार एकै दिन २८ जनाको मृत्यु भएको थियो भने ७०४ जना नयाँ संक्रमित भेटिएका थिए । भारतमा अहिलेसम्म कोभिड–१९ बाट १२४ जनाको ज्यान गएको छ । यस्तै कुल संक्रमितको संख्या भारतमा चार हजार ७८९ पुगेको छ ।

संबन्धित शिर्षकहरु

यमनमा हुथी विद्रोहीकाे आक्रमणमा परी ५ सय सरकारी सैनिकको ज्यान गयाे, १५ सय घाइते

इन्डोनेसियामा पानीजहाज दुर्घटना हुँदा ६ जनाको निधन, १३० बेपत्ता

पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा भारतकाे अफगानिस्तानमाथि सहज जित