चार प्रदेशका पहाडी क्षेत्रमा भोलि दिउँसो हल्का वर्षाको सम्भावना

काठमाडौं, २२ कार्तिक : 

जाडो बढ्न थालेसँगै बिहानको समयमा हुस्सु कुहिरो लाग्न थालेको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम बिहानैदेखि धुम्म छ, मौसम खुलेको छैन । अहिले बिहानदेखि लागेको हुस्सु कुहिरो बिस्तारै हट्दै गइ घाम लाग्ने मौसमविद् विनु महर्जनले बताउनुभयो ।

उहाँका अनुसार तराईका जिल्लामा पनि यतिबेला कुहिरो लागेको छ । भोलि दिउँसो पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा भोलि दिउँसो हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ