काठमाडौं, २२ कार्तिक :
नेकपा (एमाले) ओलीले नवनिर्वाचित अध्यक्ष सञ्जय थापा, निवर्तमान अध्यक्ष भक्त गुरुङसहितका निवर्तमान तथा नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यलाई खादा लगाएर बधाई दिनुभएको थियोे ।
आइतवार काठमाडौँमा सम्पन्न भएको मञ्चको अधिवेशनबाट अध्यक्षमा सञ्जय थापा ९अमेरिका० सर्वसम्मत चयन हुनुभएको थियो । उपाध्यक्षमा रमेश पाण्डे (अष्ट्रेलिया), सचिवमा हेम शेर्पा (स्पेन) र उपसचिवमा चानक पोखरेल (कतार) र कर्ण शाही (बेलायत) सर्वसम्मत चयन हुनुभएको थियो ।
त्यसैगरी केन्द्रीय सदस्यमा अमेरिका महादेशबाट ढुण्डीराज पाण्डे, कुन्ती थापा, जानकी कार्की, पुरुषोत्तम बोहोरा र राजेन्द्र शिवाकोटी चयन हुनुभएको छ भने युरोप महादेशबाट सरस्वती केसी, राजेन्द्र पुडासैनी, विमला भण्डारी, शिव बरुवाल, गोविन्द पौडेल, कल्पना त्रिपाठी, सुरेन्द्र थपलिया र हेमराज जोशी चयन हुनुभएको थियो ।
यस्तै मध्यपूर्व महादेशबाट बलराम गिरी, तीर्थ गौतम, ज्योति शर्मा महेश गिरी र कमलमणि भण्डारी तथा एसिया महादेशबाट सुरेश कार्की, डा सरोज कँडेल र सञ्जु केसी केन्द्रीय सदस्य चयन हुनुभएको छ । (रासस)





