यूएईद्धारा नेपाल ८४ रनले पराजित

काठमाडौं,  २८ कार्तिक :  

पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई ८४ रनले हराएको छ ।

आज सोमवार त्रिवि मैदानमा यूएईले दिएको दुई सय ६४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर एक सय ७९ रनमात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५४ र अर्जुन साउदले ५१ रन बनाए । बलिङतर्फ यूएईका आयन अफजल खानले चार विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ६३ रन बनायो । यूएईका लागि रोहन मुस्तफाले ५३, मुहम्मद वसीमले ४४, वृत्य अरविन्दले ४० रन बनाए । बलिङतर्फ नेपालका गुलसन झाले दुई तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए ।

नेपाल र यूएईबीच तीन खेलको शृङ्खला हुन लागेको हो । दोस्रो खेल पर्सि बुधवार र तेस्रो तथा अन्तिम खेल आउँदो शुक्रवार हुनेछ ।

संबन्धित शिर्षकहरु

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने