नेकपा भरतपुर महानगर कमिटीद्वारा नयाँ वर्षको अवसरमा शुभकामना ब्यक्त

भरतपुर, १ वैशाख :
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भरतपुर महानगर कमिटीले नयाँ वर्षको अवसरमा शुभकामना ब्यक्त गरेको छ । पार्टी कमिटीका अध्यक्ष राम प्रसाद न्यौपाने र सचिव ईश्वर सापकोटा सुमनले संयुक्त रुपमा एक शुभकामना सन्देश जारी गर्दै देशभित्र र वाहिरबस्ने पार्टीपंक्तिका कार्यकर्ता लगायत आमावुवा, दाजुभाई तथा दिदिबहिनीहरुको दिर्घायु तथा उत्तरोत्तर प्रगतीको कामना गर्नुभएको छ ।

विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण हर्ष तथा उल्लासका साथ नयाँ वर्ष मनाउँन पाउँने अवस्थाबाट बञ्चित हुनुपरेको भन्दै शुभकामना सन्देश मार्फत लकडाउनको पुर्ण पालना गर्नपनि आह्वान गरिएको छ । साथै नयाँ वर्षमा कोरोना विरुद्धको लडाईमा सम्पुर्ण नेपालीले विजय हासिल गर्ने विश्वास पनि ब्यक्त गरिएको छ ।

संबन्धित शिर्षकहरु

त्रिविका ३८ वटा क्याम्पसमा मात्रै स्ववियु चुनाव सम्पन्न

१९ वर्षमुनिको साफ च्याम्पियनशिपको खेलतालिका सार्वजनिक

पहुँचको नभइ पद्धतिको थिति बसाल्ने प्रयत्न गर्छु : प्रहरी महानिरीक्षक थापा