संविधानको अक्षरशः पालना गरेर भूमिहीनप्रति जिम्मेवार हुनेछु : अध्यक्ष ज्ञवाली

चितवन, ३ वैशाख :

भूमिसम्बन्धी समस्या समाधान आयोगका नवनियुक्त अध्यक्ष देवीप्रसाद ज्ञवालीले संविधानको अक्षरशः पालना गरेर जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भरतपुर महानगरपालिका–५ निवासी ज्ञवालीले ऐन नियममा रहेर आफूले काम गर्ने बताउनुभयो ।

रासससँग आज संक्षिप्त कुरा गर्दै उहाँले गरिब, भूमिहीन, पीडित र भूमिमा रगत पसिना बगाउनेहरुप्रति आफ्नो आँखा परिरहने बताउनुभयो । उहाँले भन्नुभयो, “भूमिहीन जनताको सर्वोपरी हितलाई ध्यानमा राखी काम गर्नेछु ।”

संविधानले दलित, उत्पीडित, भूमिहीन जनतालाई समेत भूमिको अधिकार मौलिक हकका रुपमा उल्लेख गरेको भन्दै अध्यक्ष ज्ञवालीले संविधान प्रदत्त अधिकार उपयोग गर्न कोही वञ्चिन नरहने बताउनुभयो ।

भरतपुर महानगरपालिकाको प्रमुख पदमा तत्कालीन नेकपा (एमाले) बाट उम्मेदवार बन्नुभएका ज्ञवाली झिनो मतअन्तरले तत्कालीन नेकपा (माओवादी) का रेनु दाहालसँग पराजित हुनुभएको थियो । ज्ञवालीसँग तत्कालीन भरतपुर नगरपालिकाको उपप्रमुख भएर काम गरेको अनुभव छ । (रासस)

संबन्धित शिर्षकहरु

आफ्नै रेकर्ड तोड्दै कामिरिता शेर्पा ३२औँ र ल्हाक्पा शेर्पा ११औँ पटक सगरमाथा शिखरमा

ट्रम्पको चेतावनीका बाबजुद स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा

कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा