नेपालमा एकैदिन १४ जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि, चितवनमा दुई जनामा का्ेरोना

काठमाण्डौ, ५ बैशाख :

नेपालमा एकैदिन १४ जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले आज एकैदिन १४ जनामा कोरोना देखिएको जनाएको हो । योसहित नेपालमा कोरोना सङ्क्रमितको संख्या ३० पुगेको छ । आज उदयपुरमा १२ जना पुरुष र चितवनमा दुई जनामा का्ेरोना भेटिएको मन्त्रालयले जनाएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरमा पुष्टि भएका १२ जना पुरुष रहेको र उनीहरुको उमेर क्रमश: ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ रहेको छ ।

त्यस्तै चितवनमा पुष्टि भएकामा एक २७ वर्षीय पुरुष र अर्की ६३ वर्षीया महिला रहेको मन्त्रालयले पुष्टि गरेको छ ।

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा